डाेटी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अन्तरक्रिया बुधबार आदर्श गाउँपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बजार अनुगमनमा निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्नु भयो साथै उहाँले खाद्य स्वच्छता सम्बन्धि कार्यक्रम लिएर आउनु भएकोमा कार्यालयलाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्का, उपाध्यक्ष लक्ष्मी रोकाया र सातैवटा वडाका प्नतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख सागर दाहालले खाद्य स्वच्छताको महत्व, यस सम्बन्धि नीति निर्माण र अनुगमनको तरिका सम्बन्धित कक्षा संचालन गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रम पछि गाउँपालिका अध्यक्ष गणेश खड्काको नेतृत्वमा ७ वटा पसल र दुइवटा होटल अनुगमन गरि सुधारको लागि आवश्यक निर्देशन समेत दिइएको कार्यालय प्रमुख सागर दाहाल ले जानकारी दिनु भयो।
प्रकाशित मिति: बुधवार, मंसिर २१, २०७९, ०८:०७:००