पाैष २७ डाेटी । पुर्बिचौकी गाउँपालिका मुलकले चिन्ने गाउँपालिका सावित भएकाे सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्ण जाेशीले बताउनु भएकाे छ ।
साेमबार पुर्बिचौकी गाउँपालिका डाेटीकाे दशाैं गाउँ सभा उद्घाटन सभामा बाेल्दै मन्त्री जाेशीले विकास निर्माण, कानुन निर्माण हिसावले आफनो जग निर्माण गर्न सफल भएको भन्दै पालिकाले ४१ वटा कानुन निर्माण र पाँच वर्षको अवधिमा १ सय १४ वटा विभिन्न क्षेत्र मुख्य उपलब्धी गर्न हासिल गरि आफ्नो पालिकालाई मुलुकामै चिनाउन सफलभएको भन्दै धन्यबाद प्रकट गर्नु भयो।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभाका सदस्य भरत बहादुर खडकाले छोटो समयमा पनि स्थानिय तहहरुले राम्राकामको सुरुवात गरेको भन्दै यी सिकाइहरुलाई अब चुनियर आउने जनप्रतिनिधिहरुले आत्मसात गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष दिर्घ राज बोगटिले विशेष गरि आफ्नो पालिकाले पुर्वाधार निर्माणका हिसाबले सडक संजाल ,उज्यालो गाउँ पालिका तथा विभिन्न कानुन निर्माण ,छाउ नबार्ने महिला सम्मान जस्ता महत्त्वकांक्षी योजनाहरुले आफ्नो पालिका मुलुकमै चिनिएकोमा खुसी व्यक्त गर्नु भयो।
छोटो समयमा विभिन्न चुनौतिको सामना गर्दै आफ्नो पालिलाले १ सय १४ वटा उपलब्धी हासिल गर्न सहयोग गर्ने पालिकाको टिम र सम्पुर्णमा धन्यवाद दिनु भयो।
प्रकाशित मिति: मंगलबार, पुष २७, २०७८, ०९:३१:००