निड्स नेपाल द्धारा सञ्चालित ३९० घण्टे बिल्डङ्ग ईलेक्ट्रसियन आइतबार तालिम सम्पन्न भएको छ ।
AWO इन्टरनेश्नल आर्थिकको सहयोगमा निड्स नेपाल द्धारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत डोटी जिल्लाको आर्दश गाउँपालिकाका १२ जना युवालाई बिल्डङ्ग ईलेक्ट्रसियन तालिम प्रदान गरीएको हो । डोटी ।
विदेशबाट र्फकीएका र विदेश जाने तयारीमा रहेका युवाहरुलाई स्वदेशमै स्वरोगर बनाउने उद्देश्यले तालिमको आयोजना गरीएको निड्स नेपालका कार्यक्रम प्रबन्धक प्रकश मडैले जानकारी दिए ।
रोजगारीको क्रममा ३ बर्ष मलेसिया र केहि समय भारत समेत बसेका तालिमका एक जना सहभागी केशब चन्द थापाले सिप भए पछि आफ्नै घर परिवार संग बसेर आर्थिक आर्जन गर्न सकिने जानकारी दिए । उनले तालिम अवधिमा नै ४४ वटा घरमा वाइरिङ्ग गरेर ८० हजार सम्म पैसा कामएको समेत बताए । त्यस्तै आर्दश गाउँपालिका वडा नम्बर ५ तामिखालका अर्का सहभागी पनि कतारबाट फर्कीएर तालिम लिएको र उनले पनि तालिम अवधिमै २४ वटा घरमा वाइरिङ्ग २४ हजार कमाएको जानकारी दिए ।
आर्दश गाउँपालिकामा विधुत लाइन विस्तार भइरहेको र तालिमका सहभागीहरुले नै सुरक्षाका मापदण्डहरु अपनाएर गाउँपालिकामा रहेका घरहरुमा वाइरिङ्ग गरेको तालिमका प्रशिक्षक दिपक बहादुर साउँदले जानकारी दिए । उनले तालिकका सहभागीहरुले लेबल १ को सिप परिक्षणका लागि सि.टि.भि.टि मा फारम समेत भरी सकेकाले सबै जाना पास हुने दाबि समेत गरेका छन ।
तालिमका सहभागीहरुलाई वाइरिङ्गका लागि चाहिने विभिन्न प्रकारका औजारहरु समेत संस्थाले प्रदान गरेको छ ।
प्रकाशित मिति: सोमवार, चैत्र २, २०७७, ०८:४९:००