निश्चल नरेश बोगटी पौष २३,२०७७
डोटीमा लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिम सुरु भएको छ । निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता विकास र लैङ्गिक उत्तरदायी तथा समावेशी स्थानीय सरकार प्रर्वदन परियोजना अन्तर्गत उक्त तालिम बिहीबार दिपायलको घटाल होटलमा सुरु भएको हो । जुरी नेपालको आयोजना तथा यु एन ओमनको सहकार्यमा बिहीबार दिपायल शिलगढी नगरपालिकाका सबै वडाका निर्वाचित महिला सदस्यहरुको क्षमता विकास र लैङ्गिक उत्तरदायी तथा समावेशी स्थानीय सरकार प्रर्वदन गर्ने उदेश्यका साथ सो तालिम सुरु गरेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डोटी अन्तर्गत दिपायल शिलगढी नगरपालिकाकि सामुदायिक विकास अधिकृत गोमती श्रेष्ठले बताउनुभयो ।
जुरी नेपालका यस्ता चेतनामूलक तालिमले गर्दा आफुमा नेतृत्व क्षमता बढ्दै गएको तथा हिंसा लुकाएर बस्ने बानी घटेको सो कार्यक्रमका सहभागीहरुले बताउनुभयो । उनिहरुले जुरी नेपाललाई यस्तै चेतनामूलक कार्यक्रम तथा तालिम आगामी दिनमा समेत दिन हुन आग्रह गर्नुभयो । लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि २ दिने तालिमको उद्घाटन गर्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डोटीका अध्यक्ष कुमार शिंह टेलरले लैङ्गिक हिंसा सहेर नबस्न सम्पुर्ण सहभागीहरुलाई आह्वान गर्नुभयो ।
उहाले अघाडी थप्नुभयो`लैङ्गिक हिंसा भनेको लिङ्गका आधारमा गरिने भेदभाव हो ,यो भित्र महिला वा पुरुष जो पनि पर्न सक्छन् । त्यसैले हिंसा सहनु भनेको मानवीय मुर्खता हो ,त्यसैले यस्ता हिंसाको खुलेर विरोध गरौं´´ दुई दिने लैङ्गिक उत्तरदायी समावेशी सम्बन्धि तालिममा सहभागीहरुलाई अधिवक्ता सुन्दर सेमि र जुरी नेपाल केन्द्रीय कार्यालयमा कार्यरत लैङ्गिक समानता तथा समावेशी सुशासन विज्ञ प्रशिक्षक देवका केसीले प्रशिक्षण दिनुभएको थियोे ।सो कार्यक्रमलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघमा कार्यरत क्षमता विकास अधिकृत शंकर विश्वकर्माले सञ्चालन गर्नुभएको थियोे
प्रकाशित मिति: बिहिवार, पुष २३, २०७७, ०६:३७:००