डोटी । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहने बताएका छन् ।
मंगलबारदेखि खप्तडमा सुुरु भएको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठानको मोडालिटीमा काम अघि बढाउने योजना सरकारको रहेको बताएका हुन् ।
दाहालले सोही कार्यका लागि खप्तड क्षेत्रको विकासका लागि लगानी बोर्डले डीपीआर समेत तयार गरिसकेको जानकारी दिएका छन् ।
खप्तडमा अन्तराष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाएका छन् । ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ,’ प्रचण्डले भने, ‘यो क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्छौं ।
आध्यात्कि सम्मेलनको उद्घाटन सत्रमा भारतीय योग गुरु रामदेवले खप्डत आध्यात्मकको विश्व केन्द्र बन्न सक्ने बताए ।
३ दिनसम्म चल्ने सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड क्षेत्र पर्यटन विकास समितिसहितका स्थानीय तहको समन्वयमा पहिलो पटक अध्यात्मिक सम्मेलनको आयोजना गरिएको हो ।
कार्यक्रममा पुर्व प्रधानमन्त्रि झलनाथ खनाल,गृह मन्त्रि नारायण काजि श्रेष्ठ, सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बहादुर शाह, आचार्य बालकृष्ण लगायतका विशिष्ठि व्यक्तिहरु सहभागी रहेका थिए ।
३ दिन सम्म चल्ने उक्त सम्मेलनमा ५ हजार व्यक्तिहरु सहभागी हुने लक्ष्य लिएको खप्तड क्षेत्र पर्यटन विकास समितिका कार्यकारी निर्देशक भिम बहादुर खड्काले जानकारी दिए ।