काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिमा एमडी/एमएस/एमडीएसमा अध्ययन गरि कबुलियतनामा बमोजिम खटाएको स्थानमा ५ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर छात्रवृति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार कबुलियतनामा बमोजिम सरकारी अस्पतालहरुमा खटाइएको स्थानमा ५ दिनभित्र हाजिर हुन डाक्टरहरुलाई निर्देशन दिएको हो । मन्त्रालयले चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अध्ययन संस्थान महाराजगञ्जमा अध्ययन सकाइ कबुलियतनामा लिएका डाक्टरहरुलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयले खटाएको स्थानमा ५ दिनभित्र हाजिर नभए छात्रवृत्रिमा अध्ययन गर्दा सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्न कानुनी प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७, ०८:२९:००