डोटी ।
नेकपा एकीकृत समाजवादी जिल्ला कार्यसमिति डोटीले अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
आइतबार पाटी कार्यालय सिलगढीमा बसेको सचिवालयको बैठकले यहि साउन १४ गते अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय सर्वजनिक गरेको हो ।उक्त भेलामा नेकपा एकीकृत समाजवादीका केन्दीय अध्यक्ष माधव नेपाल प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ ।
भेलामा पाटीका केन्दीय सचिव तथा सुदुर पश्चिम इन्चार्ज गरीमा शाह, पुर्व मन्त्री तथा पोलिटब्युरो सदस्य प्रेम आले,सुदुर पश्चिम प्रदेशका अध्यक्ष हर्क बहादुर सिह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादी जिल्ला कार्यसमिति डोटीका अध्यक्ष दिर्घ राज बोगटीले जानकारी दिनु भयो ।
संघिय सरकारका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री तथा पाटीका केन्दीय सदस्य शेर बहादुर कुँवर प्रमुख आथिति रहनु भएको उक्त बैठकले डोटी जिल्लाका गाउँपालिकाहरुले करार सेवामा कार्यरत रहेका कर्मचारीहरुको सेवा थप नगरेको विषय प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उक्त निर्णयलाई तत्काल र्फिता लिन समेत माग गर्ने,जिल्लामा ब्याप्त भष्टाचार,कालोबजारी र महंगी निन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने तथा बर्खा लागे संगै जिल्लामा हुन सक्ने प्राकृति प्रकोपबाट सचेत रहनका लागि डोटी बासीलाई अनुरोध गदै विपद्को पुर्व तयारीका लागि सम्बन्धित निकाय समुन्वय गर्ने समेतका निर्णयहरु गरेको पाटी सचिब गोरख शार्कीले जानकारी दिनु भयो ।
प्रकाशित मिति: आइतवार, श्रावण ८, २०७९, ०७:०६:००