निश्चल नरेश बोगटी फागुन ०८
गायक टंक तिमिल्सिनालाई गायिका पशुपति खनालले `ए प्यारु-छिटाई ब्या अरु´भनेकीछिन् । गायिका खनालले गायक तिमिल्सिनालाई आफ्नो नयाँ गित `ए प्यारु-ए सुवा´ मार्फत यस्तो भनेकी हुन् । सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यले सुदूरपश्चिममा बोलीने टिपिकल शब्दहरु जोड्दै गायक टंक तिमिल्सिनाले आइतबार आफ्नो अफिसियल युटुब च्यानल मार्फत `ए प्यारु-ए सुवा´ गित सार्वजनिक गरेका हुन् । गायक टंक तिमिल्सिनाका थुप्रै गितले दर्शकको मन जितेका
उहाका यो भन्दा पहिला `मेरी छोरेट्टी,चल्यो बतास,सनसनी सनसनी,मैना,डिस्को पार्टीमा,हुक्का बार,संसद भंग भएझैं मेरो माया भंग भो´ लगायतका गितले बजारमा तहल्का पिटेको थियो । गीतमा सुदूरपश्चिम घर भएकी नव नायीका पशुपति खनालले चर्चित गायक टंक तिमिल्सिनालाई आवाज दिएकीछिन् । गितको लय,शब्द र एरेन्ज गायक तिमिल्सिनाले नै गरेका हुन् । यस्तै सो गितको निर्देशन बिक्रम चौहानले गरेका छन भने भिडियोमा गायक तिमिल्सिना र गायिका पशुपति खनाललाई देख्न सकिन्छ । यस्तै उक्त गितको भिडियो सम्पादन लक्ष्मण चौहान र छायांकन प्रकाश खड्काले गरेका हुन भने मिलन विश्वकर्माले भिडियोमा कलर भरेका छन् । गीत सार्वजनिक गर्दै गायक तिमिल्सिनाले दर्शकहरुलाई आफ्नो नयाँ गीत तथा भिडियो हेरेर प्रतिक्रिया दिनहुन् समेत आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतवार, चैत्र ८, २०७७, ०५:५९:००