सामाजिक काममा गठित शैलेश्वरी युथ क्लवले आन्तरिक पर्यटकीय स्थल शान्तिनगर क्षेत्र सरसफाइ गरेको छ । जिल्लाको पुर्विचौकि गाउपालिका वडा नम्बर १ अन्तर्गत पर्ने `शान्तिनगर´ पर्यटकीय क्षेत्रको शैलेश्वरी युथ क्लव शिलगढी डोटीले सरसफाइ कार्यक्रम गरेको हो ।
क्लवका कोषाध्यक्ष नेत्र ऐरको नेतृत्वमा गएको टोलिले शान्तिनगर आन्तरिक पर्यटनको आकर्षणको केन्द्र बिन्दु बनेकोले उक्त ठाउँमा पलाष्टिक तथा बोतल लगायतका वस्थुहरुले प्रदुषित भएको भनि सरसफाई कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष रोहित रायमाझीले जानकारी दिनुभयो ।
शान्तिनगर मनमोहक र एकान्त ठाउँ भएकाले आन्तरिक पर्यटकहरु त्यहा घुम्न तथा बनभोज खानको लागि जाने गर्दछन् । शैलेश्वरी युथ क्लव डोटीले यस अघि जिल्लामा सामाजिक रुपमा विभिन्न काम गर्दै आइरहेको छ ।
प्रकाशित मिति: सोमवार, पुष २०, २०७७, ११:२३:००