डोटी । समान पहँच विकास केन्द्र(सिड) नेपाल डोटीले बोगटान फुड्शिल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
समान पहँच विकास केन्द्र (सिड) नेपाल डोटी र युनाइटेड मिसन टु नेपाल डोटी कल्ष्टरको साझेदारीमा संचालित सक्षम डिल परियोजना अन्तरगत बोगटान फुड्शिल गाउँपालिकालाई व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
संस्थाको कार्यक्षेत्र रहेको गाउँपालिकालाई संस्थाले १४ थना पि.पि सेट, ९ हजार थान सरजीकल मास्क, ५ हजार थान सरजीकल ग्लोप्स, ५ हजार थान इक्जाइमिनेशन ग्लोप्स, ५ सय थान KN95 मास्क, ३ सय थान सेनिटाइजर, र २ सय थान वाटरगार्ड गाउँपालिकाका अध्यक्ष कमल गड्शिलालाई हस्तान्तरण गरेको परियोजना संयोजक नरेन्द रोकायाले जानकारी दिए ।
कोभिड १९ को प्रतिकार्यका लागि स्थानिय तहले अग्रपंक्तिमा रहेर काम गर्नु परेको बताउदै गाउँपालिकाको स्वास्थ्य इकाइले गरेको माग अनुसार सामग्री हस्तान्रण गरेका संस्थाका अध्यक्ष शेर बहादुर मल्लले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष कमल गड्शिलाले दशै नजिकिदै गर्दा भारत तथा तेसा्रे मुलुकबाट स्थानियहरु घर आउने भएकाले त्यस समयमा व्यक्तिगत सुरक्षा समाग्री आवश्यक पर्ने भन्दै कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य समाग्री सहयोग गरेकामा संस्थालाइ धन्यवाद दिए ।
प्रकाशित मिति: सोमवार, आश्विन ५, २०७७, ०१:५५:००