डोटीको पुवीचौकी गाउँपालिका– ५ काडाँमाण्डौकाबाट २० वर्षिया सम्झना विकलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरि नेपालगन्ज स्थीत मेडिकल लगिएको हो । गर्भवती वि.क को गर्भमा २ वटा बच्चा रहेको र उच्च रक्तचाप र मृगी नामक रोग समेत भएकाले आईसियुमा राखेर उपचार गराउनुपर्ने भएपछि मेडिकल कलेज रिफर गरेको जिल्ला अस्पताल डोटी डा. प्रकार ठगुल्लाले जानकारी दिनु भयो ।
गर्भवित वि.क स्वास्थ्य अवस्था बारे जानकारी पाए पछि तल्कालै सबै पुरा गर्नका लागी विभिन्न निकाय संग समुन्वय गरेको उद्धार कार्यसफल भएको पुवीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घ बोगटीले जानकारी दिनु भयो साथै यस कार्यमा सहयोग गर्ने सुदुरपश्चिम प्रदेश सरकार आन्तरीक मामीला तथा कानुन मन्त्रि पुर्ण जोशी, जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशी लगायत सबैलाइ धन्यवाद दिनु भयो । गर्भवति महिलाको हेलिकप्टरबाट उद्धार खर्च समाजिक विकास मन्त्रालयले व्यहोने छ ।
प्रकाशित मिति: शुक्रवार, मंसिर १७, २०७८, ०५:५२:००