काठमाडौँ । काठमाडौँ उपत्यकामा १९७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आइतबार १९७ नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।
उपत्यकामा नयाँ संक्रमित भेटिएकामध्ये काठमाडौंमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना रहेका छन् ।
यस्तै देशभर ४२१ नयाँ संक्रमित भेटिएका छन् भने ८ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । त्यस्तै मृतक संख्या १ हजार ८७८ पुगेको छ ।
हाल नेपालमा ५ हजार ४८७ सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: आइतवार, पुष १९, २०७७, ०६:१३:००