डोटी ,श्रावण १८ सुबास नेपाली
सुदुर पश्चिम क्षेत्रीय अस्पताल दिपायलले पछिल्लो समय सेवा बिस्तार गरे संगै बिरामिहरुको मन जित्दै आएको छ। अस्पतालमा निमित्त कार्यालय प्रमुख डाक्टर बबिता गजमेर आए संगै सेवा बिस्तार गरेपछि बिरामिहरुको मन जित्नुका साथै सो अस्पतालमा बिरामिहरुको भिड लाग्ने गरेको छ।
२०५३सालमा स्थापना गरिएको अस्पतालमा १५वटा शैया रहेका छ्न।
१५ शैयाको अस्पताल भएपनी सेवा दिन असमर्थ रहेको अस्पतालमा अहिले बहिरंग सेवा,फार्मेसी सेवा,डिजिटल एक्सरे सेवा,ल्याब सेवा,अल्ट्रासाउन्ड सेवा र फिजियो थेरापी लगायतका सेवा लाई सर्बसुलभ र प्रभाबकारी बनाईए पछि अस्पताल प्रती सबैको बिश्वास बढेको अस्पतालका प्रबक्ता खडक भुत्यालले बताउनु भयो।
अस्पतालमा गरिने उपचार पद्धति राम्रो भएको र सेवा दिन आउने स्वास्थ्यकर्मीले बिरामी प्रती गर्ने ब्याबहार राम्रो भएको बिरामिहरुले बताएका छन।
अस्पताल हाता भित्र दिपायल सिलगढी नगर पालिकाको सहयोगमा सर्प दङस सेवाका लागि भवन निर्माण भएरहेको र छिट्टै सेवा बिस्तार गरिनुका साथै अन्य सेवा बिस्तारका लागि आफुले समन्वय गरिरहेको अस्पतालका डाक्टर बबिता गजमेरले बताउनु भयो।
हाल सो अस्पतालले प्रहरी कर्मचारी ,पुर्ब प्रहरी कर्मचारी परिवारलाई निशुल्क र सर्बसाधारणलाई सरकारी अस्पतालले दिने सुबिधा सरह सेवा दिदै आएको छ।